रवि लामिछानेले ‘धन्यवाद सभा’मै‍‘सुझाव पेटिका’ राख्ने, खदा र अविर नल्याउन आग्रह

हिमाल प्रेस ८ मंसिर २०७९ १३:१९
50
SHARES
रवि लामिछानेले ‘धन्यवाद सभा’मै‍‘सुझाव पेटिका’ राख्ने, खदा र अविर नल्याउन आग्रह फाइल तस्बिर।

काठमाडौँ- अत्याधिक मतले चितवन २ बाट निर्वाचित भएपछि रवि लामिछानेले आफ्नो सभामा माला, अविर र खदा लिएर नआउन बताएका छन्। उनले अविर र खदाको लागत विदेसिने भएकाले नल्याउन अनुरोध गरेका छन्।

उनले विजयी भएपछि आजबाटै काम सुरु गर्ने बताएका छन्। निर्वाचनपछि विजयी र्‍याली नगर्ने र चितवनका तीन ठाउँमा ‘धन्यवाद सभा’ गर्ने भएका छन्।  उनले आज ३ बजे भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा ‘धन्यवाद सभा’ गर्ने भएका छन्।

आफ्नो वास्तविक परीक्षा अब मात्र सुरु भएको बताएका छन्। ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो।’ उनले भनेका छन्,‘म आजबाट जाँच दिन जाँदै छु। जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न।’

प्रकाशित: ८ मंसिर २०७९ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =