जनकपुरधाम– प्रतिनिधिसभा सदस्यतर्फको जारी मत गणनामा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्षसमेत रहेका सीके राउतले अग्रता लिइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार राउतले ६ हजार ५४९ मत ल्याएका छन्। उनलाई जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २ हजार ७६७ मतका साथ पछ्याइरहेका छन्।
यी दुईको मतान्तर तीन हजार ७८२ छ। तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरको एक हजार २४८ मत छ।
प्रकाशित: ५ मंसिर २०७९ २२:१८
प्रतिक्रिया