झापा-३ : लिङ्देनको २२७, सिटौलाको २१३ मत

हिमाल प्रेस ५ मंसिर २०७९ १३:०३
6
SHARES
झापा-३ : लिङ्देनको २२७, सिटौलाको २१३ मत

काठमाडौँ- झापा क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देन अगाडि छन्। ५०० मत गन्दा लिङ्देनको २२७ र कांग्रेसका कृष्ण सिटौलाको २१३ मत छ।

सिटौला र लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धा भएको हो। २०५६ को संसदीय निर्वाचनमा दुवै नेताले झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए।

उक्त निर्वाचनमा सिटौलाले बाजी मारेका थिए। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा उनीहरूबीच भेट भएको थियो। त्यति बेला पनि सिटौला नै विजयी भए।

२०७४ को निर्वाचनमा सिटौला र लिङ्देनबीच तेस्रोपटक प्रतिस्पर्धा भएको थियो। २०७४ मा भने लिङ्देन ‘हारको ह्याट्रिक’ हुनबाट बचेका थिए।

लिङ्देनलाई एमाले, जसपासहितको साथ छ। कांग्रेस नेता सिटौला माओवादी र नेकपा (एस) सहितको गठबन्धन साथ छ।

प्रकाशित: ५ मंसिर २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =