दोलखाको तामाकोशी गाउँपालिकामा पनि हवाई फायर

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०६
4
SHARES
दोलखाको तामाकोशी गाउँपालिकामा पनि हवाई फायर सांकेतिक तस्बिर।

काठमाडौँ- दोलखाको तामाकोशी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा हुलदंगा भएपछि प्रहरीले हवाई फायर गरेको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार विभिन्न दलका कार्यकर्ताले हुलदंगा गरेर मतदान प्रभावित गर्न खोजेपछि हवाई फायर गरिएको थियो। हवाई फायरपछि मतदान रोकिएको छ। यसअघि चितवनलगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा पनि हवाई फायर भएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =