काठमाडौँ- आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले भयरहित वातावरणमा निर्वाचन हुने वातावरण बनेको बताएको थियो।
बुथबुथमा मतपत्र र आवश्यक सामग्रीसहित कर्मचारी पुगिसकेको जानकारी दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैलाई मतदानमा सहभागी हुन आह्वान गरेका थिए।
उनले आचारसंहिताको प्रभावकारी अनुगमन आयोगले गरिररहेको र उल्लंघन भएको पाइएमा कारबाही हुने पनि बताए।
प्रकाशित: ३ मंसिर २०७९ ९:३७
प्रतिक्रिया