काठमाडौँ- निर्वाचन आयोगले तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने जनाएको छ।
बिहीबार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ७ गते बेलुकासम्म प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएका हुन्।
‘प्रत्यक्षतर्फको सकिएको पाँच दिनभित्र समानुपातिकतर्फको मतगणना सक्ने आयोगको योजना छ,’ उनले भने, ‘मंसिर २२ गतेसम्म सबै प्रतिवेदनहरू बोकेर राष्ट्रपति कार्यालयमा बुझाउने आयोगको तयारी छ।’
प्रकाशित: १ मंसिर २०७९ ५:००
प्रतिक्रिया