९ अर्ब ४८ करोड डलर सञ्‍चिति, ८ महिनाको आयात धान्‍ने

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:२० | Wednesday, November 16, 2022
९ अर्ब ४८ करोड डलर सञ्‍चिति, ८ महिनाको आयात धान्‍ने

काठमाडौँ– चालु आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा ९ अर्ब ४८ करोड अमेरिकी डलर सञ्‍चिति रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यसले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

अमेरिकी डलरमा यस्तो सञ्‍चिति ०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड थियो। असोज मसान्तमा विदेशी विनिमय सञ्‍चिति ०.६ प्रतिशतले कमी आएको छ।

कुल विदेशी विनिमय सञ्‍चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्‍चिति ०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ थियो। असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ छ। २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ थियो। असोज मसान्तको कुल विदेशी विनिमय सञ्‍चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ४:२० | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast