काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचित भएका छन्। २८ हजार बढी मतान्तरसहित ओली निर्वाचित भएका हुन्।
ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन्। ओलीले ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्। अधिकारीले २३ हजार २३१ मत ल्याए।
ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सहित ६ पटक यही क्षेत्रबाट निर्वाचित भए।
प्रकाशित: ७ मंसिर २०७९ १८:२२ | Wednesday, November 23, 2022
प्रतिक्रिया




