हुम्लामा सत्तागठबन्धनको प्यानल नै निर्वाचित

हिमाल प्रेस १० मंसिर २०७९ १८:०४ | Saturday, November 26, 2022
हुम्लामा सत्तागठबन्धनको प्यानल नै निर्वाचित

सुर्खेत– एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा सत्तागठबन्धनको प्यानल विजय भएको छ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दल रावल थिए।

लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले ९ हजार पाँच सय १६ मत ल्याएर पराजित भए।

राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन्।

प्रदेशमा पनि गठबन्धनका विजयी

हुम्ला (क) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन्। परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४ हजार छ सय ३० मत प्राप्त गरे।

यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्त शाहीले सात सय ८४ मत प्राप्त गरे।

यस्तै हुम्ला (ख) बाट सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्।

उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन्।

शाहीले सात हजार ५६ मत प्राप्त गर्दा लामाले दुई हजार ९ सय ७९ मत प्राप्त गरे। यस्तै राप्रपाका नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जसपाका बलीराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरे।

प्रकाशित: १० मंसिर २०७९ १८:०४ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast