स्थीर सरकार बन्‍ने वातावरण देख्दिनँ : चित्रबहादुर

हिमाल प्रेस ९ मंसिर २०७९ १७:३५ | Friday, November 25, 2022
स्थीर सरकार बन्‍ने वातावरण देख्दिनँ : चित्रबहादुर

बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले जनतामा राजनीतिक दलप्रति वितृष्णा बढ्दै गएको बताएका छन्।

शुक्रबार मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै नेता केसीले यस्तो बताएका हन्।

हालै सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने संकेत नदेखिएकाले स्थीर सरकार बन्ने वातावरण आफूले नदेखेकाले लोकतन्त्र खतरामुक्त नभएको उल्लेख गरे।

उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्नसक्ने अवस्था नरेहेको पनि स्पष्ट पारेका छन्। आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने उनले बताए।

प्रकाशित: ९ मंसिर २०७९ १७:३५ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast