स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी

हिमाल प्रेस ५ मंसिर २०७९ १२:३९ | Monday, November 21, 2022
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी

नवलपरासीपूर्व- यही मंसिर ४ गते सम्पन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ।

स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित भगवती मावि अर्वेनीमा यही मंसिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ।

निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको संख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ। स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मंसिर ४ गते नै राजनीतिक सहमतिबाट पुनःमतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।

स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ १२:३९ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast