काठमाडौँ– निर्वाचनपछि खुलेको सेयर बजार ७.१३ अंकले घटेको छ। कारोबार सुरु भएदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक १९२९.७० बिन्दुमा पुगेर रोकिएको छ। मंगलबार २२८ कम्पनीको ३७ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएकामध्ये १३२ कम्पनीको मूल्य घटेको छ। ५२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबार रकमका हिसाबले मंगलबार नबिल बैंक लिमिटेड पहिलो नम्बरमा छ। आज नबिलको १२ करोड १६ लाख रुपैयाँ बराबको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको रिडी पावर कम्पनीको ८ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।
आज बैंकिङ उपसमूहको सूचक ०.०९ प्रतिशत र बिमा उपसमूहको सूचक ०.०३ प्रतिशतले बढेको छ। बाँकी उपसमूहको सूचक घटेको छ।
प्रकाशित: ६ मंसिर २०७९ १५:२३ | Tuesday, November 22, 2022
प्रतिक्रिया





