सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआरको परीक्षण उडान सफल

हिमाल प्रेस ३० कार्तिक २०७९ १२:०७ | Wednesday, November 16, 2022
सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआरको परीक्षण उडान सफल

सुर्खेत- सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर विमानको परीक्षण उडान सफल भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा बुधबार बिहान बुद्ध एयरको  एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल अवतरण गरेको हो।

यसअघि सुर्खेत विमानस्थलमा ४२ सिटका विमान मात्रै उडान-अवतरण हुँदै आएका थिए। यो परीक्षण उडानको रिपोर्ट आएपछि जनवरी २०२३ देखि ठूला विमान उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ।

ठूला विमान उडान हुँदा यात्रुलाई भाडामा पनि सहुलियत हुनेछ। बुद्ध एयरका अनुसार ७२ सिटे जहाजको काठमाडौँ-सुर्खेत न्यूनतम भाडा दर ७ हजार ५ सय हुनेछ।

यसअघि श्री एयरलाइन्सले पनि ७२ सिटे विमानको परीक्षण उडान गरेको थियो। परीक्षण उडानमा अनुकूल रहेको निष्कर्ष निकाले पनि श्रीएयरलाइन्सले उडान नियमित गर्न सकेको छैन। बुद्धले भने यसको रिपोर्ट आएपछि दैनिक दुई उडान गर्ने जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ १२:०७ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast