सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको सरसफाइ अभियान

विपिन पोखरेल २५ कार्तिक २०७९ ४:१४ | Friday, November 11, 2022
सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको सरसफाइ अभियान

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयले हरियाली, फलफूल तथा सरसफाइ अभियान सुरू गरेको छ।

विश्वविद्यालयले कात्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो बिहीबार दिउँसो २ बजेदेखि ५ बजेसम्म तीन घण्टा विश्वविद्यालयअन्तर्गतका प्रत्येक विभाग प्रमुखको नेतृत्वमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

सोहि निर्णयअनुसार विश्वविद्यालयले सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइन देखि खुलामञ्‍चसम्मको फोहोर उठाएर सरसफाइ अभियानको सुरुवात गरेको हो।

मध्यपश्चिम विश्वविद्यालयलाई जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि शैक्षिक गुणस्तरसँगै आधारभूत कक्षाकोठा, अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखबिरुवा, सुन्दर बगैँचा निर्माण गरी आकर्षणको केन्द्रबिन्दु बनाउने उद्देश्यले अभियानको थालनी गरिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बताए।

अभियानमा विश्वविद्यालयका रजिष्ट्रार, डिन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरूको सहभागिता हुनेछ।

सरसफाइ अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रुपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरूलाई सहभागी गराउन आह्वान गरिने र यस अभियानमा योगदान गर्नेहरूलाई कदरपत्र प्रदान गर्ने विश्वविद्यालयले  जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७९ ४:१४ | Friday, November 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast