सुनसरी ४ मा मतगणना गर्न आयोगको निर्देशन

हिमाल प्रेस १२ मंसिर २०७९ १९:४५ | Monday, November 28, 2022
सुनसरी ४ मा मतगणना गर्न आयोगको निर्देशन निर्वाचन आयोग

इटहरी– सुनसरी ४ मा शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

निर्वाचन आयोगले सुनसरी ४ को मतगणना अगाडि बढाउन निर्देशन गरेको हो। कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए।

तर आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको बताइएको छ।

हालसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गरेका छन्। यहाँ उनै कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच प्रतिस्पर्धा भएको छ।

मंगलबार (भोलि) बिहान ७ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने बताइएको छ।

 

प्रकाशित: १२ मंसिर २०७९ १९:४५ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast