सुनसरी २ मा एमालेका आचार्य विजयी

हिमाल प्रेस १० मंसिर २०७९ २०:३९ | Saturday, November 26, 2022
सुनसरी २ मा एमालेका आचार्य विजयी भीम आचार्य।

इटहरी– सुनसरी २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन्। ३२ हजार ८ मत ल्याएर उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। निकटतम् प्रतिस्पर्धी सत्तागठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा १९ हजार ३ सय ८६ मतमा सीमित भए। एमाले विभाजन हुँदा माधव नेपाल पक्षमा रहेका आचार्य केही समयपछि एमालेमै फर्किएर प्रदेश १ को मुख्यमन्त्रीसमेत बनेका थिए।

प्रकाशित: १० मंसिर २०७९ २०:३९ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast