भीम आचार्य।
इटहरी– सुनसरी २ मा नेकपा एमालेका भीम आचार्यले अग्रता लिएका छन्। प्रतिनिधिसभा सदस्यमा हालसम्म ४२ हजार ४७४ मतगणना हुँदा एमालेका आचार्यले १२ हजार ५७५ मत प्राप्त गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले पछ्याइरहेका छन्। थापाको ११ हजार ३१५ मत प्राप्त भएको छ। यस्तै नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ।
कांग्रेसका सीताराम मेहताले १० हजार ९६ मत प्राप्त गरेका छन् भने राप्रपाका दिनेश बस्नेतले २ हजार ४३१ मत प्राप्त गरेका छन्।
प्रकाशित: ८ मंसिर २०७९ २०:०२ | Thursday, November 24, 2022
प्रतिक्रिया



