सुनसरीमा ६५ प्रतिशत मत खस्यो

हिमाल प्रेस ४ मंसिर २०७९ १८:१८ | Sunday, November 20, 2022
सुनसरीमा ६५ प्रतिशत मत खस्यो

इटहरी– सुनसरीमा आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म करिब ६५ प्रतिशत मत खसेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा करिब ६५ प्रतिशत मत खसेको हो।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर ६५ प्रतिशत मत खसेको उनले जानकारी दिए। ‘ठ्याक्कै संख्यामा विवरण आउनका लागि राति १० बज्छ, अहिलेसम्म करिब ६५ प्रतिशत मत खसेको जानकारी छ,’ प्रजिअ यादवल भने ।

उनका अनुसार सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुनेछ। प्रारम्भिक जानकारीअनुसार सुनसरी १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको प्रजिअ यादवले बताए। उनका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन्।

सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने उनले जानकारी दिए। यस्तै, सुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने प्रजिअ यादवले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ १८:१८ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast