सुदूरपश्चिममा डेंगु संक्रमण घट्दो

हिमाल प्रेस १३ मंसिर २०७९ १३:५२ | Tuesday, November 29, 2022
सुदूरपश्चिममा डेंगु संक्रमण घट्दो

बैतडी- सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगुले तीनजनाको मृत्यु भइसकेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो। प्रदेशभर एक हजार दुई सय ७२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०-४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा संक्रमण देखिएको जोशीले बताए।

लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पछिल्लो समय भने घट्दै गएको छ। गर्मी र वर्षातको समयमा संक्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको संख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘वर्षातको समयमा दैनिक रूपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, संक्रमणलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो। हाल भने त्यो जोखिम भने घटेको छ ।’

वर्षातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रकाशित: १३ मंसिर २०७९ १३:५२ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast