सुकेधारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०७९ ६:३७ | Saturday, November 19, 2022
सुकेधारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ। ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३-०२-००६४-९७२७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा पर्साको ठोरी गाउँपालिका-७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित: ३ मंसिर २०७९ ६:३७ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast