सीसँगको वार्तामा ‘विवाद बिन्दु’ खोजी गर्ने जो बाइडेनको भनाइ

हिमाल प्रेस २७ कार्तिक २०७९ ९:५२ | Sunday, November 13, 2022
सीसँगको वार्तामा ‘विवाद बिन्दु’ खोजी गर्ने जो बाइडेनको भनाइ

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय वार्तामा बेइजिङसँगको तनावपूर्ण सम्बन्धमा विवाद बिन्दु (रेड लाइन) स्थापित गर्ने प्रयास गर्ने बताएका छन्।

सोमबार इन्डोनेसियामा हुने जी-२० शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्नेछन्।

मध्यावधि चुनावमा डेमोक्‍र्‍याटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको उनले उल्लेख गरे।

तर यो शिखर सम्मेलन बेइजिङ र वासिंटनको प्रतिद्वन्द्विता तीव्र हुँदै गएको बेला भएको छ किनकि एक शक्तिशाली र दृढ चीनले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत राख्दै आएको छ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच चीनको सिन्जियाङ क्षेत्रमा व्यापार, मानव अधिकार र स्वशासित टापु ताइवानको हैसियतका विषयमा विवाद रहेको र बाइडेनले सीसँग ‘सिधा छलफल’ हुने अपेक्षा गरेको बताएका छन्।

इन्डोनेसियाको बाली टापुमा रहेको जी-२० सम्मेलनमा जानुअघि एशियाली नेताहरूसँग भेट गरेका उहाँले नोमपेनमा पत्रकारसँग भने, ‘म सी जिनपिङलाई चिन्छु, उहाँले मलाई चिन्नुभएको छ। भेटमा हामीबीचको विवाद बिन्दुको खोजी गर्नेछु।हामीसँग निकै थोरै मात्र मतभिन्नताहरू छन्।’

प्रकाशित: २७ कार्तिक २०७९ ९:५२ | Sunday, November 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast