सीताराम विवाह पञ्‍चमीले संस्कृतिलाई सुदृढ पारेको छ : राष्ट्रपति भण्डारी

हिमाल प्रेस १२ मंसिर २०७९ २०:५३ | Monday, November 28, 2022
सीताराम विवाह पञ्‍चमीले संस्कृतिलाई सुदृढ पारेको छ : राष्ट्रपति भण्डारी फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले सोमबार (आज) एक सूचना जारी गर्दै शुभकामना व्यक्त गरेकी हुन्। उक्त पर्वका अवसरमा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन्।

‘प्राचीन सांस्कृतिक उत्सव विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न तथा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ सन्देशमा उल्लेख छ, ‘यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु।’

प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिकस्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ।

यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ।

प्रकाशित: १२ मंसिर २०७९ २०:५३ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast