सिन्धुली १ मा कांग्रेसका घिमिरे विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १४:४९ | Thursday, November 24, 2022
सिन्धुली १ मा कांग्रेसका घिमिरे विजयी श्याम घिमिरे।

सिन्धुली– प्रतिनिधिसभा सदस्यमा सिन्धुली १ बाट नेपाली कांग्रेसका श्याम घिमिरे विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मत पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले जानकारी दिए।

०७४ मा भएको निर्वाचनमा सिन्धुली १ (ख) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए। दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी हुन्। कटुवाल तीनपाटन गाउँपालिका- ११ र घिमिरे वडा- १ वासी हुन्।

०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांग्रेसको केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि भएका थिए। ०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नाकोत्तर गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १४:४९ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast