साँझ ८ बजेबाटै प्रत्यक्षतर्फको मतगणना हुने

हिमाल प्रेस ४ मंसिर २०७९ ११:११ | Sunday, November 20, 2022
साँझ ८ बजेबाटै प्रत्यक्षतर्फको मतगणना हुने

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको मतगणना आइतबार साँझ ८ बजेबाट सुरु हुने बताएका छन्। उनले भक्तपुरमा मतदान गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।
उनले ७० प्रतिशतभन्दा मत खस्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘५ बजे मतदान सकिनेबित्तिकै मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना कार्य सुरु हुनेछ।’

उनले सुरुमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना थालिने बताए। प्रमुख थपलियाले विकट क्षेत्रमा भोलि बिहान ५ बजसेम्म हेलिकप्टरबाट मतपेटिका संकलन हुने बताए। उनले सबै परिणाम मंसिर २२ गतेसम्म सार्वजनिक हुने गरी काम भइरहेको जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ ११:११ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast