सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून

हिमाल प्रेस १३ मंसिर २०७९ १०:१८ | Tuesday, November 29, 2022
सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून

सर्लाही- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला निर्वाचित छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा-२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा-१ मा एक, प्रदेशसभा-२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा-१ मा एक र प्रदेशसभा-२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए।

महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा-२ बाट वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुंगेली मात्र निर्वाचित भइन्। उनले नेकपा एमालेकी उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरिन्।

जिल्लाको क्षेत्र नं १ प्रदेशसभा २ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो। सो मध्ये लुंगेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरेका थिए।
‘निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ। महिला सहभागिता न्यून देखिने अवस्था छ’, महिला अधिकारकर्मी अम्बिका राउतले भने।

प्रकाशित: १३ मंसिर २०७९ १०:१८ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast