 
                             
                                            काठमाडौँ- आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने भएको हो।
यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते बिदा दिइने सूचनामा उल्लेख छ।

                            प्रकाशित: २९ कार्तिक  २०७९ ६:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 