समानुपातिक मत : एमालेको १७ लाख, एकीकृत समाजवादीको एक लाख

हिमाल प्रेस १० मंसिर २०७९ ८:०५ | Saturday, November 26, 2022
समानुपातिक मत : एमालेको १७ लाख, एकीकृत समाजवादीको एक लाख

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले शनिबार बिहान ७ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार एमालेले १७ लाख ३३ हजार ८१८ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ६९ हजार ४३ मत प्राप्त गरेको छ। घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५६ हजार ६८६ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात लाख ३५ हजार ७ सय ९५ मत प्राप्त गरेको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख ८८ हजार २ सय २०, जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ६ हजार ९ सय ७२, नेकपा एकीकृत समाजवादीले एक लाख ५२ हजार १ सय ४५ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३७ हजार एक सय एकमत प्राप्त गरेका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक लाख मत कटाएको छ। जनमत पार्टीले एक लाख ३४ हजार ५१४ मत प्राप्त गरेको छ।

प्रकाशित: १० मंसिर २०७९ ८:०५ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast