समानुपातिकतर्फ एमालेले नघायो एक लाख मत

हिमाल प्रेस ६ मंसिर २०७९ १६:२८ | Tuesday, November 22, 2022
समानुपातिकतर्फ एमालेले नघायो एक लाख मत

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेकपा एमालेले समानुपातिकतर्फको मत एक लाख नघाएको छ। निर्वाचन आयोगको मंगलबार अपराह्न सवा चार बजेसम्मको विवरणअनुसार एमालेले एक लाख तीन हजार ७६८ मत ल्याएको छ।

कांग्रेस ८८ हजार ४४४ मत ल्याएर दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ६७८ मतका साथ तेस्रो स्थानमा छ। माओवादी केन्द्रको ३८ हजार ८७७, राप्रपाको २६ हजार ३७८ र जनता समाजवादीको आठ हजर १५४ मत आएको आयोगको विवरणमा उल्लेख छ।

जनमत पार्टीले सात हजार ६८१, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार ५६२, नेमकिपाले पाँच हजार ४३६ मत ल्याएको छ। नेकपा एकीकृत समाजवादीले भने पाँच हजार २१४ मत ल्याएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १६:२८ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast