समानुपातिकतर्फ अघिअघि एमाले, पछ्याउँदै कांग्रेस

हिमाल प्रेस ७ मंसिर २०७९ १०:१४ | Wednesday, November 23, 2022
समानुपातिकतर्फ अघिअघि एमाले, पछ्याउँदै कांग्रेस

काठमाडौँ-  प्रतिनिधिसभको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले दुई लाख २७ हजार ७३०० मतसहित अग्रता कायमै गरेको छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले दुई लाख पाँच हजार ५३० मत ल्याएको छ।

यस्तै एक लाख पाँच हजार ४२४ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। माओवादी केन्द्र ९४ हजार ४८२ मतसहित चौथो स्थानमा र राप्रपा ५४ हजार १६३ मतसहित पाँचौँ स्थानमा रहेको छ। जनता समाजवादी पार्टीले १७ हजार १३३, जनमत पार्टीले १६ हजार ५७९ र नेपाल मजदुर किसान पार्टीले १५ हजार ३६२ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीले भने १२ हजार २१९ मत ल्याएको छ। नागरिक उन्मुक्ति पार्टीले १० हजार ९०६ पुर्‍याएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १०:१४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast