सबै मतदाता मतदानमा सहभागी हुनुहोस् : मुख्यमन्त्री पोखरेल

हिमाल प्रेस ३ मंसिर २०७९ ६:३१ | Saturday, November 19, 2022
सबै मतदाता मतदानमा सहभागी हुनुहोस् : मुख्यमन्त्री पोखरेल

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गरेका छन्।

एक विज्ञप्ति निकाल्दै उनले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका हुन्। पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र नागरिकको चाहना बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन्।

‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्ण ढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु,’ उनले भने। मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ६:३१ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast