सबै दल मिलेर अघि बढ्नुपर्छ : नेम्वाङ

हिमाल प्रेस १२ मंसिर २०७९ १८:१५ | Monday, November 28, 2022
सबै दल मिलेर अघि बढ्नुपर्छ : नेम्वाङ

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्।

इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उनको भनाइ छ।

‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए। निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ,’ उनले भने।

दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्षअनुरूप आफ्नो दल अघि बढ्ने पूर्वसभामुखसमेत रहेका नेम्वाङले बताए। लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्ने उनको भनाइ छ।

‘मलाई विश्वास छ, सबै दल मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढ्छ,’ उनले भने, ‘संविधान र नयाँ जनादेशको सन्देशअनुरूप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।’

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए।

प्रकाशित: १२ मंसिर २०७९ १८:१५ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast