काठमाडौँ- गायिका आस्था राउतको नयाँ गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ। निर्वाचनको एक दिनअघि मंसिर ३ मा उनले आफ्नो गीत बजारमा ल्याएकी हुन्। सावित्री राउतको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत र महाराज थापाको संयोजन रहेको छ।
शान थापाको निर्देशनमा बनेको गीतले सकारात्मक सोचलाई प्राथमिकता दिएको छ। गीतको म्युजिक भिडियोमा आस्था राउत, रीता राई, सरु दाहाल, ईश्वर खड्का, खड्ग गन्धर्वलगायत फिचर्ड छन्। भिडियोमा आस्था घुमन्ते फोटोग्राफरका रूपमा देखिएकी छन्।
प्रकाशित: ५ मंसिर २०७९ १२:१० | Monday, November 21, 2022
प्रतिक्रिया




