शीर्ष ८ मा पुगिन् परिजिता

हिमाल प्रेस १४ मंसिर २०७९ १५:०६ | Wednesday, November 30, 2022

काठमाडौँ- अमेरिकी सांगीतिक रियालिटी सो ‘द भ्वाइस’मा सहभागी नेपाली मूलकी परिजिता बास्तोला ‘शीर्ष ८’मा पुगेकी छन्।

दर्शकको भोटिङका आधारमा ‘टप टेन’बाट दुई जना बाहिरिएका छन्। ‘द भ्वाइस २०२२’ को संस्करणका लागि उत्कृष्ट आठ सहभागी छानिएका छन्। तीमध्ये एक हुन्, परिजिता।

उनले एलेसिया काराको ‘स्कार्स टू योर ब्युटिफुल’ गीत प्रस्तुत गरेकी थिइन्।

१७ वर्षीया परिजिता जोन लिजेन्ड समूहमा छन्। सोमा ब्लेक सेल्टन, ग्वेन स्टेफनी, क्यामिला काबेलो, जोन लिजेन्ड निर्णायक रहेका छन्। जोन लिजेन्ड परिजिताका कोच हुन्।

प्रकाशित: १४ मंसिर २०७९ १५:०६ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast