काठमाडौँ- कांग्रेस नेता शशांक कोइरालाले पूर्वी नवलपरासी-१ बाट लगातार चौथोपटक जित निकालेका छन्। यसअघि उनी २०६४, २०७० र २०७४ मा पनि यही क्षेत्रबाट सांसद बनेका थिए।
अहिले उनले एमालेका कृष्ण पौडेललाई २ हजार ८२ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
कोइरालाले २७ हजार १२७ मत ल्याउँदा पौडेलले २५ हजार ४३ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत ल्याएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १४:१० | Thursday, November 24, 2022
प्रतिक्रिया



