व्यवसायीहरूले गरे मतदान, आर्थिक विकासको अपेक्षा

हिमाल प्रेस ४ मंसिर २०७९ १६:२९ | Sunday, November 20, 2022
व्यवसायीहरूले गरे मतदान, आर्थिक विकासको अपेक्षा

काठमाडौँ- जारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदानमा उद्योगी व्यवसायीको उत्साहजनक सहभागिता देखिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर-८ मा रहेको सीतापाइला मावि केन्द्रबाट मतदान गरेका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विशालनगर केन्द्रबाट मतदान गरे।

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले थापाथलीस्थित गुहेश्वरी विद्यालयको केन्द्रबाट मतदान गरेका छन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौँकै रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन कार्यालय केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि व्यवसायीहरूले आर्थिक विकासको अपेक्षसहित मत दिएको प्रतिक्रिया दिएका छन्। महासंघका अध्यक्ष गोल्छाले निर्वाचनपछि आउने नेतृत्वले आर्थिक तथा औद्योगिक विकास र मुलुकको समृद्धिमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ४ मंसिर २०७९ १६:२९ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast