काठमाडौँ- कतारका आमिर शेख तमिम् बिन हमाद् अल थानीले जारी विश्वकप फुटबल सफल बनाउन सबैसामु आग्रह गरेका छन्।
जारी विश्वकप फुटबलमा सहभागी सबैलाई कतारमा स्वागत गर्दै आमिर थानीले यसलाई सफल बनाउने जिम्मेवारी सबैको भएको बताएका हुन्।
‘विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन हामी सबैले निकै मिहिनेत गरेका छौँ,’ विज्ञप्ति जारी गर्दै आमिर थानीले भनेका छन्, ‘२८ दिनसम्म चल्ने प्रतियोगितालाई सबै हिसाबले सफल बनाउन सबैको सहयोग हुनेछ भन्नेमा हामी ढुक्क छौँ।’
उनले विश्वकप हेर्न जाने दर्शक, अन्य आगन्तुक र खेलाडीलाई उच्च मनोबलका साथ कतारमा रमाउन र खेल्न आग्रह गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १६:०१ | Tuesday, November 22, 2022
प्रतिक्रिया




