विश्‍वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने सर्वोच्चको आदेश

हिमाल प्रेस ३० कार्तिक २०७९ ४:३० | Wednesday, November 16, 2022
विश्‍वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि अतिरिक्त शुल्क तिनुपर्ने आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश जारी गरेको हो।

यसअघि कात्तिक २२ गते न्यायाधीश प्रकाशमान सिहं राउतको इजलासले मिडिया हबको अतिरिक्त पाँच सय रुपैयाँ लिने निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

फुटबल नियमित र अनिवार्य नभई नितान्त स्वैच्छिक भएको र केही महत्त्वपूर्ण खेल निःशुल्कसमेत देखाउने गरी टीभीसँग सम्झौता भएको देखिन आएको आदेशमा उल्लेख छ।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबले फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लिन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०७९ ४:३० | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast