विश्वकप अफरसहित स्काइवर्थको क्यूएलईडी प्लस टीभी बजारमा

हिमाल प्रेस १ मंसिर २०७९ १२:०२ | Thursday, November 17, 2022
विश्वकप अफरसहित स्काइवर्थको क्यूएलईडी प्लस टीभी बजारमा

काठमाडौँ- हाइ एन्ड ग्लोबल टीभी ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआईओटी)को पायोनियर स्काइवर्थले क्यूएलईडी प्लस गुगल टीभी ल्याएको छ।

एसयूई ९५०० सिरिजको यो मोडल ‘लिड द फ्युचर’ थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ। एसयूई ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ। गुगल टीभीको ‘लेटेस्ट अपरेटिङ सिस्टम’द्वारा पावर्ड भएको टीभीको ‘पिक्चर क्वालिटी’ अत्यन्त उत्कृष्ट छ।

गुगलले आफ्नो एन्ड्रोइड टीभी एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टीभी पनि ‘पर्सनलाइज्ड’ गर्न सक्नेछन्। यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्टअनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउने कम्पनीले जनाएको छ।

यसमा भएको इको क्यूएलईडी क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सही तरिकाले मिलाउने काम गर्छ। नेपालमा केएल दुगड ग्रुुपअन्तर्गतको स्मार्ट अप्लाइन्सेस स्काइवर्थ टीभीको आधिकारिक वितरक हो।

स्मार्ट अप्लाइन्सेसले फिफा विश्वकपलाई लक्षित गरेर ‘स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम’ योजना पनि ल्याएको छ। यस योजनाअन्तर्गत उपभोक्ताले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना मंसिर ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७९ १२:०२ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast