विश्वकपमा अस्ट्रेलियाको १२ वर्षपछि पहिलो जित

हिमाल प्रेस १० मंसिर २०७९ १८:१५ | Saturday, November 26, 2022
विश्वकपमा अस्ट्रेलियाको १२ वर्षपछि पहिलो जित

काठमाडौँ- अस्ट्रेलियाले ट्युनिसियामाथि १–० को साँघुरो जित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई जगाएको छ। समूह ‘डी’ मा अस्ट्रेलियाले आफ्नो पहिलो खेल डिफेन्डिङ च्याम्पियन फ्रान्स पराजय भोगेको थियो।

दोस्रो खेल जितेसँगै अस्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति डेनमार्ककको सामना गर्न लागेको फ्रान्स ६ अंकसहित शीर्षस्थानमा छ। तीन अंक भएको अस्ट्रेलिया पछाडि डेनमार्क र ट्युनिसिया छन्। डेनमार्क र ट्युनिसियाको एक–एक अंक छ।

सन् २०१० यता पहिलो विश्वकप खेल जितेको अस्ट्रेलियाका लागि मिचेल ड्युकले २३ औँ मिनेटमा गोल गरेका थिए। अस्ट्रेलियाले सन् १९७४ पछि पहिलो पटक गोल नखाई जित हासिल गरेको हो।

प्रकाशित: १० मंसिर २०७९ १८:१५ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast