विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन : राणा

हिमाल प्रेस २९ कार्तिक २०७९ ६:३२ | Tuesday, November 15, 2022
विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नुपर्दैन : राणा

ललितपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विकासका लागि जनताले जनप्रतिनिधिसँग हात जोड्नु नपर्ने बताएका छन्।

गोदावरी नगरपालिका-५ लेलेमा मंगलबार बिहान भएको घरदैलो कार्यक्रममा ललितपुर-१ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका राणाले आफ्नो क्षेत्रको विकासका लागि निर्धक्क भएर जनप्रतिनिधिसँग कुरा गर्न आग्रह गरे।

उनले भने, ‘यहाँ बाटो चाहियो, यहाँ खानेपानी चाहियो भनेर जनप्रतिनिधिसँग तपाईहरुले हात जोड्नुपर्दैन। निर्धक्क भएर हात मिलाएर हामीसँग आफ्ना मागहरु राख्नुहोला।’

उनले लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधि ललितपुर १ को विकासका लागि प्रतिबद्ध रहेको बताए।

‘अब बाटो बनाउन दशजनासँग बिन्ती गर्नुपर्दैन। हात मिलाएर यो बाटो पिच गरिदिनुस् भनेर बिन्ती गर्नुपर्दैन। यहाँका स्थानीय तहका जनप्रतिनिधि र हामीहरु मिलेर विकासको काम गर्छौं,’

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राणाले भने, ‘एमालेका उम्मेदवारहरुले हामीलाई गाली गर्नेबाहेक अरु केही काम गरेका छैनन्। सांसदको काम सेलिब्रेटी बन्ने होइन। खेतगरामा गएर धान काटेजस्तो गरेर फोटो खिचेर प्रचार गर्ने होइन, फोटो खिच्नकै लागि स्कुलमा रंग लगाएजस्तो गर्ने पनि होइन।’

प्रकाशित: २९ कार्तिक २०७९ ६:३२ | Tuesday, November 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast