काठमाडौँ- ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ। मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएका हुन्। उनले आठ हजार दुई सय ९८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ मत प्राप्त गरे।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले ३५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले १५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे।
प्रकाशित: ६ मंसिर २०७९ १९:२५ | Tuesday, November 22, 2022
प्रतिक्रिया



