ललितपुर २ मा एमालेको अग्रता कायमै

हिमाल प्रेस ५ मंसिर २०७९ ११:२१ | Monday, November 21, 2022
ललितपुर २ मा एमालेको अग्रता कायमै

काठमाडौँ- ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा एमाले अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन्।

यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा मतगणना भइरहेको छ ।

प्रकाशित: ५ मंसिर २०७९ ११:२१ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast