काठमाडौँ- ललितपुर-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले जित हासिल गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
राणाले २३ हजार ८९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत ल्याए।
यसअघि विसं २०७४ पनि प्रतिनिधि सभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए। २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधि सभामा जित हासिल गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गरेका थिए।
प्रकाशित: ७ मंसिर २०७९ ८:३१ | Wednesday, November 23, 2022
प्रतिक्रिया



