काठमाडौँ- ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्। कार्कीका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार १६३ मत ल्याए। उर्जामन्त्री समेत रहेकी पम्फा भुसालले ८ हजार ७६७ मत ल्याएर तेस्रो स्थानमा बनाइन्।
२०७४ सालको निर्वाचनमा ललितपुर-३ बाटै पम्फाले जितेकी थिइन्। यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेपनि भुसालले हार व्यहोरेकी हुन्।
प्रकाशित: ८ मंसिर २०७९ ९:०७ | Thursday, November 24, 2022
प्रतिक्रिया



