लगातार मतान्तर घटाउँदै शंकर पोखरेल

हिमाल प्रेस ८ मंसिर २०७९ ८:५९ | Thursday, November 24, 2022
लगातार मतान्तर घटाउँदै शंकर पोखरेल

दाङ- सुरुवातबाटै पछि परेका दाङ २ का प्रतिनिधिसभाका उम्मेदवार शंकर पोखरेल लगातार मतान्तर घटाउँदै आएका छन्। नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन्। ७२ हजार ८२२ मत गणना हुँदा शर्माले २५ हजार ६७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २४ हजार ६५४ मत पछ्याइरहेका छन्।

अहिले शर्मा र पोखरेलबीच ४२३ मत फरक छ। मतगणनाको मध्यतिर पोखरेल झण्डै दुई हजार मतले पछि थिए। तर अहिले निरन्तर घटाइरहेका छन्। अब मत गणना गर्न करिब नौ हजार बाँकी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार १७५ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ८:५९ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast