लक्ष्मी बैंकको ‘बचत गरौँ, च्याम्पियन बनौँ’ योजना

हिमाल प्रेस २९ कार्तिक २०७९ १२:०४ | Tuesday, November 15, 2022
लक्ष्मी बैंकको ‘बचत गरौँ, च्याम्पियन बनौँ’ योजना

काठमाडौँ- लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै ‘सेभ लाइक अ च्याम्पियन’ अर्थात् बचत गरौँ, च्याम्पियन बनौँ योजना ल्याएको छ।

यस योजनाले बचतको महत्त्वलाई उजागर गर्न खोजेको बैंकले जनाएको छ। यस अभियानले वर्तमान र भविष्यको पुस्ताको भविष्य उज्ज्वल बनाउन बचतको शक्ति र भावनालाई प्रवर्द्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

अभियान  नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ।

यस अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्वस्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज र खुत्रुक्केलगायतका आकर्षक उपहार प्रदान गरिने बैंकले जनाएको छ।

ग्रिन बैंकिङ प्याकेजमा मोबाइल र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङलगायत सेवा रहेका छन्।

प्रकाशित: २९ कार्तिक २०७९ १२:०४ | Tuesday, November 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast