रुपन्देही ३ मा १८ सय मतले खाण पछाडि

हिमाल प्रेस १० मंसिर २०७९ ९:२७ | Saturday, November 26, 2022
रुपन्देही ३ मा १८ सय मतले खाण पछाडि

काठमाडौँ- रुपन्देही ३ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण राप्रपाका नेता दीपक बोहरालाई पछ्याइरहेका छन्। ८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि छन्। सुरुवाती चरणमा अग्रता कायम गरेका खाण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन्।

खाणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्। ३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ।

प्रकाशित: १० मंसिर २०७९ ९:२७ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast