रुपन्देही ३ मा विजयी बोहोरालाई खाणले दिए बधाई

हिमाल प्रेस १० मंसिर २०७९ २०:०४ | Saturday, November 26, 2022
रुपन्देही ३ मा विजयी बोहोरालाई खाणले दिए बधाई

रुपन्देही– रुपन्देही ३ बाट निर्वाचित राप्रपाका उम्मेदवार दीपक बोहोरालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाणले बधाई दिएका छन्। उनका निकटतम् प्रतिष्पर्धी सत्तागठबन्धनबाट उम्मेदवार गृहमन्त्रीसमेत रहेका खाणले बोहोरालाई शनिबार अपराह्न टेलिफोन गरी बधाई दिएका हुन्।

सो क्रममा उनले बोहोरालाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको खाणको सचिवालयले जनाएको छ।

बोहोराले खाणलाई २ हजार ६ सय ८१ मतले पराजित गरेका छन्।  बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत पाएका छन्।

प्रकाशित: १० मंसिर २०७९ २०:०४ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast