धनगढी- रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर अग्रता कायम गरिरहेका छन्। गणेशले २२ सय ४४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १९ सय ४४ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ ८:५४ | Tuesday, November 22, 2022
प्रतिक्रिया



