रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ २१:२० | Friday, November 25, 2022
रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी विष्णु पौडेल।

बुटवल– रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका नेकपा एमालेका विष्णु पौडेल विजयी भएका छन्। निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गर्दै उनी विजयी भएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार विष्णु पौडेलले २७ हजार १ सय ७४ ल्याएका छन् भने गणेशले २५ हजार ७८१ मत प्राप्त गरे।

यस्तै सत्तागठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापा २२ हजार ८ मतका साथ तेस्रो स्थानमा सीमित भए। विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जित हो। उनले ०६४ तत्कालीन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, ०७० मा तत्कालीन माओवादीकै नेता डा. बाबुराम भटराई, ०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए।

यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको आयोगले जानकारी दिएको छ।

प्रकाशित: ९ मंसिर २०७९ २१:२० | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast